गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी: मन्त्री थापा

पाेखरा | पुस १५, २०८१

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी: मन्त्री थापा

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।


मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण गर्न यो कदम महत्वपूर्ण हुनेछ । उनले स्थानीय समुदायसँग परामर्श गरी चाँडै विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताएका छन् । उनले आउँदो अधिवेशनमै कानुन पास हुने गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


गण्डकी प्रदेशमा गुरुङ र मगर समुदायको जनसंख्या उल्लेखनीय छ । यी भाषाहरूलाई सरकारी कामकाजमा समावेश गर्नाले प्रदेशको सामाजिक समावेशिता र भाषा संरक्षणको अभियानलाई थप बल पुग्ने विश्वास गरिएको उनले बताए ।


मन्त्रीले कानून निर्माण पछिको कार्यान्वयनका लागि आवश्यक जनशक्ति विकास, भाषा तालिम र प्रशासनिक संयन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् । उनले आगामी दिनमा अन्य मातृभाषाहरूको प्रवद्र्धनका लागि पनि यसलाई उदाहरणीय परियोजना बनाउन खोजिएको उल्लेख गरे ।


“गण्डकी प्रदेशले पहिलो पटक यस्तो कानुनी पहल गर्न लागेको हो”, उनले भने, “जसले बहुभाषिक संरचनालाई बलियो बनाउने अपेक्षा गरिएको छ।”


पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार पोखरा सहित देशभर तमु ल्होसार मनाइएको छ । समुदायले गुरूङ वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो ।


पोखराको पामेमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की, महिला राष्ट्रिय परिषद् कास्की, छोंज धीं कास्की, तमु धीं नेपाल र पोखरा ११ स्थित तमु प्ये लहु संघ परिवारले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।


कार्यक्रममा गुरुङ समुदायहरु आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्